
एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित
काठमाडौं : संघीय संसदअन्तरगत अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन्।

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीसी) बारे छलफल गर्ने समितिले प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो।

प्रधानमन्त्री देउवा अमेरिकाको भ्रमणमा जाने र भ्रमणका क्रममा एसपीपीमा सम्झौता हुने चर्चा चलेपछि सो विषयमा जानकारी दिन समितिले देउवालाई बोलाएको हो।
प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी गराइन्।
उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले आउन नसक्ने जानकारी गराएको बताइन ।
आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर पहल गरेको तर उपस्थित गराउन नसकेको उनको भनाइ छ।
गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको थियो।
सोही दिनको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिएका थिए।
उनीहरुले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताउँदै एसपीसीबारे फैलिएका भ्रममा नपर्न आग्रह गरेका थिए।



