एमाले ललितपुर महानगरपालिका वडा १५ बाट वडा सदस्यमा प्रवेश दाहालको उम्मेद्बारी

काठमाडौं । नेकपा एमाले ललितपुर महानगरपालिका वडा १५ बाट प्रवेश दाहाल वडा सदस्यमा उमेदवार दिएका छन् ।

मकवानपुरको साविक ठिङन गा.वि.समा जन्मेका प्रवेश दाहाल लामो समयदेखि नेकपा एमालेका जुझारु नेताका रुपमा स्थापित थिए। साथै नेकपा एमाले बाग्मती प्रदेश युवा संघ नेपालको सदस्य समेत भएका थिए भने दाहाल हाल नेकपा एमाले ललितपुर महानगर कमिटी सदस्य युवा तथा खेलकुद विभाग प्रमुख समेत रहेका छन् । यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा १५ को वडा सदस्य भएका छन् ।

युवामा हुनुपर्ने जोश र निष्ठाको राजनीति गर्ने दाहाल राजनीति एक समाजसेवा हो, ईमानदार र सक्षम व्यक्ती भएको कारण पार्टीले टिकट दिएको छ । ईमान्दारका साथ जनप्रतिनिधि भएर गाउँ टोल हुँदै राष्ट्रलाई समेत योगदान दिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
1
+1
2
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button