एमाले महासचिव नेतृत्वको प्रतिनिधिमण्डल अचानक निर्वाचन आयोग किन जाँदैछ ?

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाने भएका छन् । उनी दिउँसो १ बजे आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् । आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी आयोग जान लागेका हुन् ।

आयोगले कानून विपरीत आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लगायतका विषयमा केहीदिन अघि दलहरुसँग गरेको छलफलका क्रममा पनि दलहरुसँग छलफल नगरेको विषय सार्वजनिक भएपछि एमाले आयोगको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन जान लागेको हो। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले महासचिव सहितको प्रतिनिधिमण्डलको टोली आयोग गएर ध्यानाकर्षण पत्र बुझाउन लागेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button