रामकुमारी झाँक्रीले यस्ता कामका लागि बजेट नदिने

काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अब भ्यु टावर बनाउनका लागि आगामी बजेटमा रकम नछुट्याउने बताएकी छन् । उनले त्यस्ता संरचनाका लागि वजेट खर्च नगर्ने बताएकी हुन् । उनले अत्यावश्यक चिजहरुलाई वजेटमा प्राथमिकता दिने बताएकी छन् ।

मन्त्रालयमा आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा मन्त्री झाँक्रीले नागरिकलाई बढी लाभ हुने योजनालाई प्राथमिकता दिइने बताइन् । ‘सभा हल, भ्यू टावरलगायत कुरालाई मन्त्रालयको वजेट खर्च नगरेर त्यस्ता कुराहरुलाई सहरी विकास कार्यक्रम अन्तरर्गत राख्न सुझाव दिएकी छन् ।

भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण रहेको एकीकृत पूर्वाधार मार्ग कोरिडोरसम्बन्धी ऐन र एकीकृत सहरी विकास योजनालाई समेटेर बजेट बनाउनु पर्नेमा उनले जोड दिइन्।

जनताको मौलिक हकलाई मध्यनजर गर्दै एकीकृत आवास योजनाका कार्यक्रमलाई समेत व्यवस्थित गर्नुपर्ने बताउँदै मन्त्री झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगलगायत संवैधानिक आयोगका भवन निर्माणका लागि कार्यक्रम बनाएर बजेट व्यवस्था गर्नुपर्ने बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button