प्रचण्ड–माधव पक्षको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै
नेकपा प्रचण्ड–माधव पक्षले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरुले बताएका छन् ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन ।
कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।
प्रचण्ड माधव पक्ष प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1