देश जटिलतामा फस्दैछ : पुर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ: पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ७१औं प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

शुभकामना सन्देशको क्रममा शाहले पछिल्लो राजनीतिक अवस्था प्रति चिन्ता समेत व्यक्त गरेका छन् ।

निषेध र विधेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुश नेपाली जनताले गरिरहेका छन्,’ शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजा शाहले पछिल्लो समय प्रजातन्त्रकै लागि द्वन्द्व, विवाद र बहसमै व्यस्त र ग्रसित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्रै नभएर सामाजिक जीवनपद्धति समेत भएको भन्दै अपेक्षा अनुरुप नभएको शाहको गुनासो छ ।

प्रजातन्त्र दिवसको अवसरमा शाहले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button