आफ्नो चुनाव चिन्ह नदिए स्थानीय निर्वाचन बहिष्कार गर्छाैं : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले आफ्नो चुनाव चिन्ह नपाए स्थानीय तहको निर्वाचन हुन नसक्ने दावी गरेका छन् ।

पार्टीद्वारा नेपालगञ्जमा आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले निर्वाचन आयोगले दल दर्ता गर्ने, दललाई निर्वाचन चिन्ह चिन्ह प्रदान गर्ने र आयोग आफैंले प्रदान गरेको चिन्हमा सहभागी हुन नपाउने हो भने देशमा निर्वाचन हुन नसक्ने बताएका हुन् ।

‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ’, लिङदेनलाई उद्धृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने, ‘यदि निर्वाचन आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनावमा भाग लिँदैनौं ।’

उनले राष्ट्र र राष्ट्रियताका सवालमा आफ्नो पार्टीले कसैसँग सम्झौता नगर्ने बताएका छन् । लिङ्देनले राप्रपाले कहिल्यै पनि राष्ट्रको अहितमा काम नगरेको भन्दै अब आउने चुनावहरुमा जनताले राप्रपालाई छनौट गर्नुपर्ने बताए ।

हिन्दु राष्ट्र र राजसंस्था राष्ट्रियतासँग गाँसिएको विषय भएको भन्दै उनले यी दुवै विषयमा राप्रपाले निरन्तर वकालत गर्दै आएको बताए । एमसीसी अहिले सामान्य जस्तो लागे पनि भविष्यमा यसले राष्ट्रियतालाई खतरामा पार्ने अध्यक्ष लिङ्देनले जिकिर गरे । जनताले सत्ता सञ्चानल गर्ने अवसर दिए राप्रपाले नै मुलुकमा समृद्धि ल्याउने दाबी समेत उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button