
कांग्रेस सांसदले एमसीसीवारे पढेपछि संसदमा पेश गर्ने तयारी, देउवाले सभामुखलाई फोन गरेर यसो भने
काठमाडौ । अमेरिकी सहयोग एमसीसी अब संसदमा टेवल गर्ने विषयमा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले पुरै तयारी गरेको छ । प्रधानमन्त्री शेर वहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै त्यसको तयारी थालेका हुन् । बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल हुने सम्भावना बढेको छ ।

कांग्रेसले एमसीसी टेबुल गर्ने रणनीति बनाएको छ । यसका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख अग्नि सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका छन् । सभामुख एमसीसीको विपक्षमा छन् । उनले पनि एमसीसी पास हुन नदिन अनौपचारीक रणनीति अख्तियार गर्दै आएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा मंगलवार बसेको कांग्रेस बैठकले बुधवारको बैठकमा एमसीसी अगाडि बढाउने निष्कर्ष निकाले पछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारित हुने बताएका थिए ।
कांग्रेस नेता डा। शशांक कोइरालाले भोलिको बैठकमै एमसीसी टेबुल गर्ने तयारी भएको जानकारी दिए । मंगलवारको संसदीय दलको बैठकमा पूर्व अर्थमन्त्री डा। रामशरण महतले एमसीसीको बारेमा सांसदहरूलाई जानकारी गराएका थिए । उनले कुनै पनि हालतमा एमसीसी अनुमोदन हुनुपर्ने बताएका थिए ।



