प्रधान न्यायाधीशको बिरूद्धमा अविश्वासको प्रस्ताव सदनमा दर्ता

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराको अग्नि परीक्षा।
देशको शासन व्यवस्था र प्रणालीको व्यवस्थापनमा सर्वोच्च अदालतले वर्तमान प्रधानमन्त्री शेर वहादुर देउवालाई देशको प्रधानमन्त्री बनाउन र देशको राष्ट्र प्रमुखको रूपमा रहेका राष्ट्रपतिलाई परमादेशबाट सपथ ग्रहण गराउन आदेश दिएका थियो । उनै प्रधान न्यायाधीशलाई आज हटाउन सरकारले अविस्वासको प्रस्तावद्वारा हटाउन लागेका छन।
यसबाट के बुझिन्छ भने चोलेन्द्र शमशेर हटेमा देउवालाई प्रधानमन्त्री बनाउन पर्छ भनेेर परमादेश जारी गर्ने प्रधानमन्त्री न्यायाधीश र संलग्न अन्य न्यायाधीश समेत हटाउनु पर्छ यो राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्याख्यापनि हो। तर यसमा गठबन्धन सरकारले किन हटाउन लागे भन्नेमा अहम सवाल खडा भएको छ।
यश मानेमा सर्वोच्चको आदेशले सदनको गरिमा घटेको छ। जनताको जन सर्वोच्चतामा आँच आएको छ। जनताको मान मर्यादा र सम्मानमा सर्वोच्चले चोट पुर्याएकै हो। यो गठबन्धन सरकार नै गैर संवैधानिक सरकारले हो। यसमा प्रधान न्यायाधीश हटेमा देशको प्रधानमन्त्री र वर्तमान सरकार नै हटनु पर्छ।
हाल आएर नेपाल वार एसोसिए र स्वयं सर्वोच्चका न्यायाधीशहरूपनि पृथक मत राखेका छन। देशको व्यावस्थापिका, कार्यपालिका र न्यायपालिकाको कर्म र मर्म नै विपरीत दिशातर्फ उन्मुख छन। देशको राजनीति र प्रशासनिक व्यवस्था समेत पतनोमुख भएको देखिन्छ। गठबन्धन सरकार बिपक्षमा छ भने प्रतिपक्ष बलियो एमाले चोलेन्द्र शमशेर बचाउको पक्षमा छ।
देशको बिकास जनताको भावना र वर्तमान रोग,भोक र अत्यावश्यक बस्तुको महंगी चरम भ्रष्टाचार र देश असफल बनाउने काममा देशका स्वयं शासक र नेता लागिरहेका छन। देशमा यस्ता विकृतिजन्य घटनाले देशमा यो व्यवस्था प्रणाली ,पद्धति ,पात्र र विधि असफल भएको छ। जसबाट जनताको नजरबाट यो सिष्टम नै असफल भएको छ। यसमा जनता सचेत हुन र देश बचाउन नागरिक जिम्मेवार हुन जरुरी ।
आज सदन स्थापित र विस्थापित गर्न सक्ने शक्ति भएको सर्वोच्च अदालतले MCC ।सम्झौता राष्ट्रघाती छ तरपनि MCC को न रिट लिन तयार छ न परेको रिटमा गलत छ यो राष्ट्रघाती सम्झौता पारित गर्न हुदैन भनेर सरकारलाई परमादेश जारी गर्न सक्छ कस्तो कमजोर र निरीह छ हाम्रो जनताको अभिभावकीय संस्था सर्वोच्च अदालत !! यो घटनाको संदर्भमा विश्लेषण गर्दा चोलेन्द्र शमशेर जङ बहादुर बन्न लागेका हुन कि अंशबन्डा नमिलेको हो।
जसका कारण विगतमा संसारको नियम विपरीत प्रधानमन्त्री नियुक्तिगरि पावर,सत्ता, पद, कुर्सी दिए आज उनलाई विस्थापित गर्नेतर्फ अनुसन्धानभित्रको अनुसन्धान भित्र खतरनाक राज लुकेको छ। जे होस देशको अदालतकोपनि अदालत सर्वोच्च अदालत सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको अग्नि परीक्षा यो अविस्वास महा अभियोग देश र दुनियाँकालागि दुखद घटना हो। जय मातृभूमि नेपाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button