एमसीसी राष्ट्रघाति छ कि राष्ट्रिय हितमा छ, संसदमा देखाउँछौं : योगेश भट्टराई

काठमाडौंः नेकपा एमालेले एमसीसीबारे स्पष्ट धारणा ल्याउन सत्तागठबन्धनलाई आग्रह गरेको छ। पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसीबारे सत्ता गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए।
‘एमसीसीको विषयमा एमाले पर्ख र हेरको अवस्थामा छ। जे भए पनि राष्ट्रिय हितको पक्षमा निर्णय गर्छ,’ संसदीय दलको बैठकपछि उनले सञ्चारकर्मीसँग भने।

त्यस्तै एमाले सचिव योगेश भट्टराईले एमसीसीबारे आफूहरुको धारणा संसदमा आउने बताए। ‘एमसीसीमा पनि प्रक्रिया हुन्छ। अहिले ठीक-बेठीक भन्न मिल्दैन। सर्वप्रथम सत्तापक्षको धारणा आउनुपर्‍यो,’ उनले भने।

उनले एमसीसी पास गर्न एमाले पनि चाहिने भएकाले त्यसका लागि प्रस्ताव आउनुपर्ने बताए। ‘प्रधानमन्त्रीले १६५ जनालाई ह्वीप जारी गरोस् त खेलै सकिन्छ नि,’ उनले भने। उनले एमसीसी राष्ट्रघात छ कि राष्ट्रिय हित भन्ने कुरा संसदमा बताउने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button