ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गर्न मिल्दैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्।

बिहीबार परिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताए।

हिजैदेखि प्रधानमन्त्री ओलीले जसरी पनि पक्राउ गर्नु भन्ने आदेश दिएको भए पनि आफूहरूले नपक्रन जोडबल गरेको  उनले बताए।

‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। आज बिहान  प्रहरी आएर उहाँलाई जबरजस्ती पक्राउ गरेर लिएका छन्। कमरेड रामकुमारी झाँक्री त छुट्नु होला तर यसबाट उनीहरूले के गर्न लागेका छन् भन्ने देखिन्छ,’ प्रचण्डले भने।

राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले झाँक्रीलाई गलत कानुन प्रयोग गरेर पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएका थिए।

पक्राउ पुर्जी थमाएपछि झाँक्रीले गिरफ्तारी दिएकी छन्। उनलाई अहिले प्रहरीले भ्यानमा राखेर महाशाखा ल्याएको छ।

कानुनविद्हरूले झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गर्नै नमिल्ने बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button