‘फेरि पनि पहिलेका जनमुक्ति सेनाको कमाण्ड गर्न चाहन्छु’ : प्रचण्ड

२१माघ, काठमाडौं । प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सफल भए बहिर्गमित जनमुक्ति सेनाका आवश्यकता पूरा हुने आश्वासनसमे दिएका छन् ।

उनले विश्वास, भरोसा, निष्ठा नछोड्न आग्रह गर्दै यस्तो बताएका हुन । उनले भरोसा, निष्ठा, विश्वास नछोड्नु नै मानिसको महानता भएको उल्लेख गरे । 

‘हामी फेरि एक पटक जनआन्दोलनमा छौँ । यो सफल पारेर हामी विजयी हुनुपर्छ ।

विजयी भएपछि तपाईंहरुका भावना र आवश्यकताहरु पूरा गर्ने समय आउँछ’, प्रचण्डले भने, ‘हिम्मत नहार्नुहोला, विश्वास नतोड्नुहोला, भरोस नतोड्नुहोला, निष्ठा नछोड्नुहोला । मानिस भएर जन्मिदाको महानता भनेको त्यही हो ।’ 

प्रचण्डले दुई चार पैसामा बिक्नु रद्दी भएको भन्दै फेरि पनि जनमुक्ति सेनाका कमाण्डरको नेतृत्व गर्ने चाहना व्यक्त गरे । 
‘दुुई चार पैसामा बिकियो भने त्यो भन्दा रद्दी कुरा केही हुँदैन  । म तपाईंहरुको पहिलेको जनमुक्ति सेनाको कमाण्डरको हिसाबले, अहिलेको पार्टी अध्यक्षको हैसियतले तपाईंहरुलाई फेरि पनि कमाण्ड गर्न चाहन्छु’, प्रचण्डले भने, ‘तपाईंहरु आन्दोलनमा पछि नपर्नुहोस् त्यसैमा हाम्रो विजय हुन्छ ।’ 

प्रचण्डले अफू प्रधानमन्त्री भएको समयमा भन्दा अहिले आन्दोलन गर्दै सडकमा पलेँटी कसेर बस्न पाउँदा खुसी भएको बताए। 

‘पहिला प्रधानमन्त्री हुँदा भन्दा अहिले सडकमा पलेटी कसेर बस्न पाउँदा म खुसी छु ’, प्रचण्डले भने, ‘संविधानमाथि प्रहार भएको छ । त्यसको रक्षाका लागि तपाईंहरुसँगै मैदानमा आएको छु । मैले जेल नेल व्यहोरेकै हो । जरुरी पर्यो भने जस्तोसुकै त्याग गर्न तयार छु ।’ 

पूर्वजनमुक्ति सेनालाई पराइको भर नपर्न भन्दै उनले त्यहाँबाट समस्या समाधान नहुने बताए । ‘पराइबाट समस्या समाधान हुन्छ भन्ने  मलाई लाग्दैन’, प्रचण्डले भने, ‘त्यो नगर्नुहोस् ।’ 


जनयुद्ध सफल हुन १० वर्ष लागे पनि अहिलेको आन्दोलन १० महिनामै सफल हुने दाबीसमेत प्रचण्डले गरेका छन् । ‘अस्ती हामी १० वर्ष लड्नु परेको थियो । यस पटक १० महिनापछि लड्नु पर्दैन । हामीले जित्छौँ र हामीले जित्नैपर्छ’, उनले भने, 

प्रचण्डले पूर्वजनमुक्ति सेनालाई तीन चार समूहमा नभइ एउटै समूहमा बस्न आग्रहसमेत गरे । उनले केही अवसरवादी गए भनेर निष्ठा नतोड्न सुझाए ।

आन्दोलन उत्सव भएकाले त्यसमा लाग्नसमेत अनुरोध गरे । ‘हामी आन्दोलनमा छौँ । आन्दोलन तपाईं हाम्रो लागि उत्सव हो’, उनले भने, ‘तपाईंहरु पनि यसमा सहभागी हुनुहोस् । जित हाम्रो हुनेछ ।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button