धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

१७ माघ, काठमाडौं । सुदूरपश्चिमका प्रदेशको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभाअघि र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको छ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा धनगढीमा बृहत विरोधसभाको आयोजना गरेको हो ।

विरोधसभालाई पूर्वप्रधानमन्त्री तथा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

र्‍यालीको नेतृत्व नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका थिए ।

धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको र्‍याली कार्यक्रमस्थल खुलामञ्चम पुगेर टुङ्गिएको छ। यतिबेला कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button