छोराछोरी छैनन् भन्दैमा धर्म सन्तानलाई लुटाउने ओली ठिक हुन् त ? आदरणीय जनसमुदाय मलाई न्याय चाहियो : ‘प्रचण्ड
१६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् ।
शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताए ।
‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् ।
सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए ।
उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे ।
अब आफ्नो गुमाउनु केही नरहेको भन्दै प्रचण्डले भने, ‘मैले त भने नि अब गुमाउन केही पनि बाँकी छैन । अबको वाँकी जीवन नेपाली जनतालाई हो, नेपाली युवाहरुलाई हो । सम्मृद्धि, रोजगारी र सम्मानका लागि हो ।’
प्रचण्डले भने–‘आदरणीय जनसमुदाय मलाई न्याय चाहियो । केपी ओलीले म माथि अत्याचार गर्न खोजे । म न्याय चाहान्छु । जसले त्याग र बलिदानको इतिहास बनायो त्यसलाई अपमान गर्ने र हुर्मत लिने काम भैरहेको छ ।’
प्रचण्डले भने– ‘म निसन्तान, नपुंसक भइन के यो मेरो दोष हो ? केपी ओलीका छोराछोरी छैनन तर उनले कलंकको टिका लाए, छोरोछोरी छैनन् भन्दैमा धर्म सन्तानलाई लुटाउने केपी ओली ठिक हुन् त ?’