१२ सांसदले एमाले छाडेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा

काठमाडौँ । बागमती प्रदेशका १२ सांसद नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।

एमाले एक्लैको बहुमत सांसद रहेको बागमती प्रदेशमा १२ सांसदले एमाले छाडेपछि शाक्यको पद धरापमा परेको हो ।

हाल बागमती प्रदेशसभामा ११० सदस्यीय रहेका छन् भने एमाले एक्लैको ५६ सांसद रहेका थिए ।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई १२ सांसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।

बागमती प्रदेशका ११ सांसद एमाले छाडेर नेकपा (एस) मा प्रवेश

नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा
गठित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई साथ दिने भएका छन् ।

मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा (एस) लाई साथ दिने भन्दै दल हस्ताक्षरमामा सनाखत गरेका हुन् ।

एमाले छाडेर नेकपा (एस)तिर जाने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पनि नेकपा एसलाई नै साथ दिन लागेको बताइएको छ ।

उनीहरुसँगै अझैँ पनि केही सांसदहरु एमाले छाडेर नेकपा (एस) मा आउन लागेको बताइएको छ ।

अझैँ पनि १० जना सांसद एमाले छाडेर नव गठित पार्टीमा आउन लागेको बताइएको छ ।

माधव नेपाल निकट मानिएकी अष्टलक्ष्मी शाक्य नयाँ पार्टी गठन हुँदा नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएकी थिइन् ।

र, लगत्तै प्रदेशको मुख्यमन्त्री पनि बनेकी थिइन् ।

बागमती प्रदेशमा बुहमत रहेको एमालेमध्ये नेपाल समूहका सांसदहरुले एमाले छाडेर नयाँ दलमा आएसँगै मुख्मन्त्री शाक्यको पद अल्पमतमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button