गगन थापाले गरे घोषणा, ‘म महामन्त्रीको उम्मेदवार हुँ’

काठमाडौ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेसको आउने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको तयारी सुरु भएको बेलामा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए ।

उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा। शशांक कोइराला निर्वाचित भएका थिए ।

थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने हुन् त्यसवारे भने खुलाएका छैनन् । यो पटकको महाधिवेशनमा अध्यक्ष शेरवहादुर देउवाका लागि निकै कठिन समय छ ।

अन्य नेताहरुले अध्यक्षको उम्मेदवार घोषणा गर्दै सम्पर्क कार्यालय समेत स्थापना गरीसकेका छन् । कांग्रेसमा देउवाको विकल्प खोज्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button