प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शन शुरु
९ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन शुरु भएको छ ।
त्यसका लागि बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने तयारी भए पनि केही ढिला गरी कार्यक्रम शुरु भएको हो ।
माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकाल्ने नेकपाको तयारी छ ।
विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ ।
मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
1