आयोजनाकै गाडी बगाउँदा वेपत्ता भएका इन्जिनियर सहित ३ जनाको अवस्था कस्तो छ ?

काठमाडौ । पर्वतको कुस्मामा बुधबार बाढीले गाडी सहित मानिस बगायो । मध्यपहाडी लोकमार्गमा काम गर्ने लामा कन्स्ट्रक्शनका साइट इन्चार्ज राजाराम आचार्य र कार चालक इन्द थारुलाई गाडी सहित बगाएको थियो ।

अर्का एक जना नाम खुल्न नसकेका ब्यक्ति पनि बगेका थिए । तर उनीहरुको अवस्था अहिले सम्म पनि वेखबर छ ।

बुधवार खोजी थालिएको भएपनि पत्ता लाग्न सकेको छैन । बुधवार गाडीको केही भाग मात्र फेला परेको थियो । आयोजना प्रमुख आचार्य काठमाडौंको जोरपाटीका स्थायी बासिन्दा हुन् भने थारु कैलालीका हुन्। बगेको ठाउँबाट नकिकै मोदी नदी छ। उनीहरु मोदीमै वेपत्ता भएको अनुमान प्रहरीले गरेको छ ।

आचार्य र थारु सवार प्र।३–०१०२३च३६४२ नम्बरको कार भने बगेको ठाउँबाट झण्डै डेढ किमी तल मोदी खोलाको भंगालोमा फेला परेको थियो। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा ८ मा रहेको सुन्दरखोलामा आएको बाढीले बुधबार राति कार बगाउँदा दुई जना बेपत्ता भएका हुन्।

बुधवार बिहानैदेखि पर्वतसहित आसपासका जिल्लामा ठूलो पानी परिरहेकाले उनीहरुको खोजी गर्न पनि समस्या भएको छ । वर्षाले वाटो समेत भत्काएको छ भने नदी पनि बढेको छ । ‘

हामीले खोजीका लागि गुल्मी, स्याङ्जासहित नदी आसपासका अन्य जिल्लाका प्रहरी युनिटहरुलाई पनि अनुरोध गरेका छौँ’ पर्वतका प्रहरी प्रमुख डिएसपी विशवराज वुढाथोकीले भने ।

ओली विश्वास गर्न लायक पात्र होइनन् त्यसैले उनका आश्वासनलाई पत्याइहाल्ने अवस्था छैन’

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ।

बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ।

‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन। कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए।

दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए। त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो।

ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए। उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ।

‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए। पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन्। त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button