
मृत्यु भइसकेका छोराको नाममा ज्वाईँलाई नागरिकता, छोरी पनि पक्राउ
काठमाडौ । विभिन्न जिल्लामा नागरिकता सम्बन्धी समस्या देखिने गरेका छन् । नक्कली कागजात पेश गरेर नागरिकता लिने गरेका उदाहरण धेरै जिल्लामा देखिएका छन् ।

दाङका एक जना व्यक्तिले आफ्नो निधन भइसकेका छोराको नाममा ज्वाइँलाई नेपाली नागरिकता दिलाएको खुलेको छ । हाल ति ज्वाइं विदेशमा छन् । छोरीको आग्रहमा बुवाले ज्वाईलाई आफ्ना निधन भइसकको छोराको नाममा नागरिकता दिलाइदिएका थिए ।

प्रहरीले ज्वाईलाई नक्कली छोरा बनाउने ससुरा र छोरीलाई पक्राउ गरेको छ । ज्वाईलाई छोरा हुन् भन्दै सिफारिस दिने वडाध्यक्ष पनि कारवाहीमा तानिएका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर ७ का भीमबहादुर कामीले ज्वाइँ अर्जुन विकलाई छोरा बनाएर नागरिकता दिलाएका हुन्। अहिले भीमबहादुर र छोरी शुसिलालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।
इलाका प्रशासन कार्यालय लमहीले अर्जुनको नाममा २०७५ असोज ४ गते नागरिकता जारी गरेको थियो। नागरिकता जारी गर्ने इलाका प्रशासन प्रमुख प्रेम खवास हुन्। नागरिकतामा उनकै हस्ताक्षर छ।
भीमबहादुरले आफ्ना निधन भइसकेका छोरा लिलाराम विकको नामबाट ज्वाइँलाई नागरिकता दिलाएको अनुसन्धानबाट खुले पछि उनी पक्राउ परेका छन् ।
उनको १५ वर्षको उमेरमै निधन भएको थियो। निधन भइसकेका लिलारामको जन्मदर्ता प्रयोग गरेर भीमबहादुरले ज्वाइँ अर्जुनलाई नागरिकता दिलाएको खुलेको छ।
कीर्ते काजगात तयार पारेर मृत्यु भइसकेका व्यक्तिका नाममा नागरिकता दिलाउन सिफारिस गरेको भन्दै राजुपर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पनि कारवाहीमा पर्ने भएका छन् ।
उनलाई पनि प्रहरीले अनुसन्धानको लागि बोलाएको छ । अर्जुनको वास्तविक घर कहाँ भन्ने पनि खुलेको छैन।
देवयानी राणा फेरी एकपटक चर्चामा, भारतमा पाइन् यस्तो नियुक्ती
तत्कालिन राजा विरेन्द्र विरविक्रम शाहको परिवारसंग नाम जोडिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा फेरी एक पटक चर्चामा आएकी छन् ।
उनी बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्ष नियुक्त भएकी छन्। भारतीय संचार माध्यमले त्यसवारे समाचार प्रकाशन गरेका छन् ।
देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको भारतीय मिडियाले जनाएका छन् ।
देवयानीले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गरेकी छन्। दरवार घटनाको ५ वर्षपछि देवयानीले भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन्।
यसअघि उनी कार्टरपिलर इन्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशकका रुपमा कार्यरत थिइन्। नेपालमा दरबार घटना हुँदा देवयानीको नाम चर्चामा थियो ।
देवयानीसंगको प्रेम परिवारले स्वीकार नगरेका कारण दिपेन्द्रले घटना गराएको बताइएको थियो । आफ्नो प्रेम स्वीकार नगरेका कारण दिपेन्द्रको आमाबुवासँग मनमुटाव भएको र दरवार घटना भएको सो घटना छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।



