भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जना पक्राउ

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गा.पा. २ घर भई हाल सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने वर्ष २९ का दिनेश तामाङ वाइबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४  घर भई हाल सुर्यविनायक–१० पलाँसे बस्ने वर्ष २३ का अविनाश तामाङ र दाङ लमही घर भई हाल पलाँसे नै बस्ने वर्ष २२ का आकाश मगरलाई पनि पक्राउ गरेको उनले बताए ।

मोटरसाइकल तथा स्कुटर चोरी गरेर बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैँले चलाउने गरेको पाइएको गिरीले बताए ।

कोरोनाले बन्द ओपिडी सेवा सञ्चालनमा

जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ । 

अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ । ओपिडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए । 

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए ।

उनका अनुसार अहिले पुनः सञ्चालनमा आएको ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुनेछ । जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर बढ्दै गएपछि गत वैशाखबाट अस्पतालको ओपिडी सेवा बन्द भएको थियो । 

कोरोना सङ्क्रमित बढ्दै गएका कारण उनीहरुलाई राख्ने ठाउँ नभएको र ओपिडी सुचारु गरे कोरोना सर्ने डरले केही महिना सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण हाल सम्म ११ व्यक्तिको ज्यान गएको छ भने एक हजार २०० भन्दा बढी सङ्क्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button