साउन भित्रै सबै परीक्षा सक्ने गरी त्रिविले थाल्यो तयारी, कुन कुन तहको परिक्षा कहिले ?

काठमाडौं । महामारीका कारण रोकिएका सबै परिक्षा संचालन गर्ने तयारी त्रिभुवन विश्वविद्यालयले गरेको छ । महामारीले बीचमै परिक्षा रोकिएका कारण विद्यार्थीको पढाइ समेत अलपत्र परेको छ ।

निषेधाज्ञा सहज हुने वित्तिकै त्रिविले रोकिएका परीक्षा साउनभित्रै सकाउन तयारी थालेको छ । अब दुई दिनमै त्यसवारे निर्णय समेत आउने बताइएको छ । परीक्षा नियन्त्रण कार्यालयले दुई दिन पछि नै त्यसवारे सूचना जारी गर्ने जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार चल्दाचल्दै रोकिएका परीक्षाहरू सुरुमा सञ्चालन हुनेछन् । त्यसलगत्तै स्नातक प्रथम वर्षको परीक्षा हुने र यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेको उनले जानकारी दिए ।

यस्तै, स्नाकोत्तर, वैशाखमै तालिका सार्वजनिक गरेको एलएलबी र नियमित तर्फको स्नातकको चौँथो र पाँचौ वर्षको परीक्षा पनि हुनेछ । ति परिक्षा पनि दसैँअघि नै सक्ने गरी तयारी थालिएको बताइएको छ । यसका लागि अनलाइनबाटै फाराम भर्न मिल्ने व्यवस्था गरिएको छ ।

परिक्षा केन्द्र समेत विद्यार्थी आफै अनुकुल ठाउँमा छान्न पाउने ब्यवस्था मिलाइएको छ । हाल मुलुकमा संक्रमणसँगै बाढी र पहिरोको प्रकोप देखिएकाले समस्यामा परेका विद्यार्थीका लागि परीक्षा दिन मिल्ने वातावरण बनाइदिने तर्फ त्रिवि लागेको हो ।

दीपक मनाङेले मागे भौतिक पूर्वाधार मन्त्रालय, भन्छन् फेरी पनि एमालेसंगै मिलेर चुनावमा जान्छु नत्र राजनीति नै गर्दिन

गण्डकी प्रदेशमा विना विभागीय मन्त्री दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालय आफुलाई दिन माग गरेका छन् । मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् विस्तार गर्दा उनलाई विना विभागीय मन्त्री राखेका छन् ।

मनाङेकै कारण उनले मुख्यमन्त्रीमा चुनाव जितेका थिए । सुरुमा गृहमन्त्रालय माग गरेको भएपनि अब उनले आफ्नो दावी भौतिक पूर्वाधार मन्त्रालयमा भएको बताएका छन् ।

नेपाल प्रेसलाई अन्तरवार्ता दिँदै उनले गण्डकी प्रदेशमा प्रहरी प्रशासनले राम्रै काम गरेकाले आफुलाई गृहमन्त्रालयमा काम गर्न आवश्यक नभएकाले मनाङको विकासका लागि पनि भौतिक पूर्वाधार मन्त्रालय आफुले सम्हाल्नुपर्छ भन्ने लागेका छन् ।

मनाङमा फेरी पनि एमालेसंगै मिलेर चुनावमा जाने उनको योजना छ ।

पृथ्वीसुब्बाले मनाङको विकासमा ध्यान नदिएकाले उनलाई मुख्यमन्त्रीवाट हटाउनका लागि मात्र आफुले अहिले पोखरेललाई साथ दिएको बताएका छन् ।

हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ, उनले अन्तरवार्ताका क्रममा भनेका छन्, मैले त मनाङको विकास हेर्ने हो । मलाई जिताउनमा पनि कसैको योगदान छैन ।

आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने ? मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button