मेलम्चीको बाढी पीडितका लागि काठमाडौं महानगरले २ करोड दिने

काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्चीको बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।

मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ ।

मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो ।

यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका- १० मेलम्चीबजार नजिक इन्द्रावती नदी किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ  अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो

झलनाथ खनालको वक्तव्यले नेपाल समूहमा खैलाबैला !

थप उपचारका लागि दिल्ली उड्नुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वक्तव्य जारी गर्दै पार्टीलाई फुटबाट जोगाउन अपील गरे ।

जनताको चाहना विपरीत देखिएको गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी गम्भीर संकटमा पुगेको भन्दै उनले भनेका छन्, ‘….त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’

तर खनाल दिल्ली पुग्दा नपुग्दै एमालेमा खैलाबैला सुरु भयो । खनालको वक्तव्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले ‘हर्षबढाइँ’कै शैलीमा प्रचार गरे भने खनाल आवद्ध भएको माधवकुमार नेपाल समूहका कतिपय नेताले शंकाभाव देखाए ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त सार्वजनिक रुपमा वक्तव्यमाथि प्रश्न उठाएका छन् । खनालको हस्ताक्षर दुरुपयोग गरी बक्तव्य जारी गर्नु निकै दुखद भएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन ।’

वक्तव्यमा उल्लेखित विचार खनालको विचारसँ मेल नखाने भन्दै उनले अघि भनेका छन्, उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ ।’

कार्यकर्तालाई दिग्भ्रमित पार्र्न खोजिएको भन्दै उनले सर्वोच्च अदालतको फैसला, आदेश र विधानको ब्यवस्था बमोजिम खुला संवाद गर्दा एकता हुनसक्ने बताएका छन् ।

एमाले नेता विजय पौडेलले पनि ट्वीटरमा झलनाथ खनालको नाममा अरुले वक्तव्य निकालेर फट्याईं गरेको बताएका छन् । ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन् । यस्तो फट्याइँ नगरेको बेस’ उनले लेखेका छन् ।

कतिपय नेताहरुले भने खनालको वक्तव्यमा अनावश्यक विवाद गर्न खोजिएको बताएका छन् । खनालको सचिवालयका एक सदस्यका अनुसार यो वक्तव्यको मस्यौदा भीम आचार्यले गरेका हुन् । तर खनाललाई पढेर सुनाइएको थियो ।

आचार्यले भने खनालले नै तयार पारेको बताए । ‘उहाँको वक्तव्य उहाँ आफैंले तयार पार्नुभएको हो, सचिवालयले सम्प्रेषण गरेको हो’ उनले अनलाइनखबरसँग भने, ‘उहाँको वक्तव्य मैले पनि पढेँ, मलाई त ठीकै लाग्यो ।’

तर माधव समूहकै कतिपय नेताहरुले वक्तव्यमाथि प्रश्न उठाएका छन् नि भन्ने प्रश्नमा आचार्यले भने, ‘पार्टीको दुबै समूहमा उग्रवादीहरु छन् । ओली समूहमा जसरी पनि खेल्नुपर्छ भन्नेहरु छन् भने यतापट्टी जबरजस्ती फुट्नुपर्छ भन्नेहरु छन् । उनीहरु एकताका लागि पहल गर्दैनन्, गर्नेहरुमाथि प्रहार गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button