सके सहयोग गर्नुहोस्, नसके यो समाचार सेयर गर्नुहोस्

पत्रकारको काम नै अर्काको दुख उजागार गर्ने हो । विगतमा अछामका ध्रुव बीसी पनि यस्तै काम गर्दै आएका थिए ।

उनी पत्रकार भएपनि समाचार नलेखेको ठ्याक्कै एक वर्ष भयो । यसको पनि मार्मिक कारण छ । यसअघि उनी हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता रहेर काम गरिसकेका थिए ।

पछिल्लो समय अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उ च्च र क्त चा प का कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका छन् ।

उनी भन्छन्, मेरो स्वास्थ्य झनझन बिग्रँदै गइरहेको छ । अहिलेसम्म उपचार लगायत सबै खर्च गरेर करिब १८ लाख सकियो । तत्काल मृगौला प्रत्यारोपण गरेमा मेरो जीवन पहिले झैं हुन्छ । मलाई थप २० लाख जति आवश्यक छ, यसमध्ये सहयोगी साथी र शुभेक्षुकबाट ५ लाख जति जम्मा भै सकेको छ । अब १५ लाख जुटाउन पाए, म बाँच्ने थिएँ ।’

तत्काल मृगौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने उनलाई बताएका छन् । नयाँ मृगौला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने हुँदा अहिले उनी आर्थिक सहयोगका लागि आग्रह गरिरहेका छन् ।

पत्रकार बीसी भन्छन् ‘जीवनको अन्तिम घडीमा एकपटक यहाँहरुको सहयोगको आशा गरेको छु, मलाई बचाउनुहोस् ।’

बिसीलाई आइएमई (ध्रुव बिसी, नागरीकता नं. ६९१०६९ ३५०७ अछाम हाल भक्तपुर नेपाल) इसेवा (९८५११३०९६५) या बैंक ट्रान्सफर (ध्रुब बिसी, राष्ट्रिय वाणिज्य बैंक, मंगलसेन अछाम शाखा खाता नं. ४२६०१००००६३४२०१०) मार्फत रकम सहयोग गर्न सकिनेछ । उनले सबै सहयोगीहरुले दिएको रकम सार्वजनिक गर्ने समेत जनाएका छन् ।

नेपाल एयरलाइन्स भित्रै ४ जना एयर होस्टेसले यस्तो सम्म गरेपछि…..

उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो।

कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नगराउने निर्णय गरेको छ। निगमका अनुसार केक काट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो।

उक्त उचाइका बेला चारवटै ढोका एयर होस्टेसले छाड्न मिल्दैन। तर जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कारबाही गरेको हो। ग्याली नं। १ ९ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ० मा केक काटिएको थियो।

जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए। एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए। उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबाहीस्वरूप तीन महिनासम्म काम गर्न रोक लगाइएको निगम प्रशासनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button