तेलमा अस्वाभाविक मुत्य वृद्धि

उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७/७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणहित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका लागि कागजात मगाइएको जानकारी दिए ।

तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ कि छैन ? भनेर प्रतीतपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन गरिएको पोखरेलको भनाइ छ ।

नेपाल प्रहरीको सुडान मिसन बन्द, मिसन बन्द भएपछि ८६ प्रहरी स्वेदश फर्किए

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट ९एफपियू० मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् ।

अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट ९पिजियू०का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ ।

सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि नै सुडान मिसन बन्द गर्ने निर्णय गरेको थियो । यो वर्षभित्र राष्ट्रसंघअन्तर्गत शान्ति मिसनमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता हुनेछन् ।

सुडानमा विभिन्न देशका १३ वटा एफपियू कार्यरत छन् । अन्य देशका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । पूर्ण रूपमा शान्ति स्थापना भइनसके पनि सुडान सरकारको दबाबमा सुरक्षा परिषद्ले मिसन अन्त्य गरेको हो ।

सुडान मिसन बन्द भएपछि केही सुरक्षाकर्मी फिर्ता आइसकेको र केही बाँकी रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । सन् २००८ सेप्टेम्बरमा स्थापना भएको प्रहरीको सुडानस्थित एफपियू मिसन त्यही हो, जसको बन्दोबस्तीका सामान खरिदमा करोडौँ भ्रष्टाचार हुँदा सिंगो प्रहरी नै बदनाम भएको थियो ।

जुन अनियमिततामा नेपाल प्रहरीका तीन पूर्वआइजिपीसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् ।

प्रदिप ज्ञवालीको सम्पत्ति विवरण : मन्त्री हुँदा दुई सय किताब थपियो

निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो मन्त्रिबाट पदमुक्त गरे लगत्तै आम्दानी/खर्च विवरण सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत ज्ञवालीले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको बचत खातामा सात लाखभन्दा बढी बचत छ ।

‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’ उनले लेखेका छन् ।

मन्त्री हुँदा आफ्नो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा (लेभी) बुझाएको जानकारी गराउदै पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उल्लेख गरेका छन् ।

आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबारै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार छाड्ने उनले बताएका छन् । मन्त्री पदमा रहँदा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई उनले धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button