गोली लागेर घाईते भएका माओवादी केन्द्रका नेताको मृत्यु

गोली लागेर घाईते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ। गत जेठ ५ गते राति उनीमाथि २ वटा गोली प्रहार भएको थियो। उनको उपचारकोक्रममा काठमाडौं स्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।  

भैरहवा स्थित युनिभर्सल मेडकल केलजमा उपचार गराईरहेको पाण्डेलाई सोमवार साँझ हेलीकफ्टरमार्फत शिक्षण अस्पताल लगीएको थियो। घटनाको आरोपमा जनता समाजबादी पार्टीका प्रदेश संयोजक ओम प्रकाश यादव र साकिर अली पखिया पक्राउ परी सकेका छन भने एक जना अभियुक्र फरार छन्। 

तौलिहवा– जितपुर सडक खण्ड अन्तर्गत चाउ चाउ उद्योग नजिक नेता दीपक पाण्डेसहित २ जनामाथि गोली प्रहार गरिएको थिायो। ३ जना सवार भई मोटरसाईकलमा आएका अज्ञात समुहले गत जेठ ५ गते ११ बजे राति उनीमाथि गोली प्रहार गरी फरार भएका थिए।  

जर्लैहिया खोलाबाट तौलिहवा तर्फ लु ९ प ८५२१ नम्बरको एउटै  मोटरसाईकलमा घाईते दिपक पाण्डे, भारतीय नागरिक ईयाज अख्तर मुसलमान र  मोहोम्द ईसाद खान आउदै गर्दा उनीहरुमाथि गोली प्रहार भएको हो। व्यक्तिगत रिसिबिका कारण घटना भएको प्रहरीले जनाएको छ। 

काठमाडौंमा बैंकका तीन शाखा मात्र खुल्ने

दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा सघाउन भन्दै नेपाल राष्ट्र बैंकले थप कडाको नीति लिएको छ।

केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने व्यवस्था गरेको हो।  तिनले निषेधाज्ञा अवधिभर ललितपुरमा दुई र भक्तपुरमा एउटा मात्र शाखा खोल्न पाउने छन्। 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको सूचनामा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्नुपर्ने भनिएको छ।

मंगलबारदेखि लागू हुने व्यवस्था अनुसार ‘ख’ विकास बैंकहरूले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा एक/एक शाखा खोल्न पाउनेछन्। ‘ग’ वर्गका वित्त कम्पनीले भने तीनवटै जिल्लामा एक÷एक शाखा मात्र खोल्न पाउनेछन्।  

कोरोना महामारी नियन्त्रणका लागि वैशाख १६ मा निषेधाज्ञा जारी भएयता बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए। यसले पनि भीड र चहलपहल नियन्त्रण नभएको र महामारी नियन्त्रणमा समस्या परेको ठानेर नयाँ व्यवस्था गरिएको बताइएको छ।

बैंकमा हुने भीड नियन्त्रण गर्न अघिल्लो साता ५० हजार रूपैयाँभन्दा कम निक्षेप नलिने निर्णय गरिएको थियो। ती प्रयास पनि कामयावी हुन नसकेपछि नयाँ उपाय खोजिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

बैंक तथा वित्तीय संस्थामा भीड लाग्दा एकातिर सुरक्षाकर्मीलाई नियन्त्रण गर्न कठिनाइ हुने र अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाका कर्मचारी नै संक्रमित हुने क्रम बढेको थियो।  

साथै बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना भने दैनिक रूपमा वेबसाइटमार्फत प्रकाशन गर्नुपर्नेछ।  

दोस्रो लहरको कोरोना भाइरस पहिलो लहरको भन्दा बढी खतरनाक देखिएकाले कडाइ गर्नुपर्ने स्वास्थ्यकर्मीले बताउँदै आएका छन्।

बैंक तथा वित्तीय संस्थाका शाखा बन्द हुँदा डिजिटल कारोबारमार्फत आवश्यक सेवा लिन पाइनेछ। बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई डिजिटल कारोबार गर्न जोड दिँदै आएका छन्। महामारी नियन्त्रणमा आइनसकेकाले अझै कति समयसम्म निषेधाज्ञा हुन्छ भन्ने टुंगो छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button