पसल बन्द गर्न गएका प्रहरीलाई महिलाले गरे बिराटनगरमा धु’लाई, डिएसपी सहित ४ घाइते

सरकारले महामारी रोक्न निषेधाज्ञा लगाएको छ । उक्त निषेधाज्ञाको अनुगमन गर्न प्रहरी परिचालित हुने गर्छन् । तर अनुगमन गर्न गएका प्रहरीलाई नै पसले मिलेर धुलाई गरे के होला? बिराटनगरमा यस्तै भएको छ ।

त्यहाँ निषेधाज्ञा अनुगमनका लागि परिचालन भएको प्रहरी टोलीमाथि आ क्र म ण भएको छ । पसल बन्द गरेर निषेधाज्ञाको पालना गर्न आग्रह गरिरहेको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा यस्तो भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार डिएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि आ क्र म ण भएको हो । खड्काका अनुसार चार जना प्रहरीलाई चो ट प ट क ला गे को छ । बाँस र भाटाले हा न्दा डिएसपी राईसहितका प्रहरीको पाखुरा र शरीरका भागमा चो ट ला गे को हो । प्रहरीमाथि उत्रिएको समूहले डिएसपी राईका अ ङ्ग रक्षक प्रहरी जवान रामबहादुर तामाङले लगाएको पोसाक पनि च्या ति दि ए को छ ।

निषेधाज्ञामा पसल खुला राखेर भि डभा डसाथ तरकारीलगायत सामग्रीको किनबेच भइरहेको पाइएपछि प्रहरीले सुरुमा सम्झाइबुझाई गरेर पसल बन्द गर्न आग्रह गरेको थियो । तर केही बेरमै प्रहरी त्यहाँ आइपुग्दा पसल बन्द नगरेको र भीडभाड झन् बढेको पाइएको एसपी खड्काले बताए ।

यसरी प्रहरीमाथि जाइ लाग्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह छन् । पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

ब्यवसायी दुर्गा प्रसाईको कहाँ बाट यस्तो अडियो सार्वजनिक भयो ?

बेलाबेलामा विवादमा आइरहने ब्यवसायी दुर्गा प्रसाई फेरी एक पटक विवादमा आएका छन् । उनले डा। गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई ध म्की दिएको अडियो सार्वजनिक भएको छ ।

जसमा उनले आ क्र म ण गर्ने धम्की दिएको सुनिन्छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेकाडा हन् गोबिन्द केसी । अहिले उनी नेपाल बाहिर छन् ।

यद्धपी उनले प्रसाईको मेडिकल कलेजलाई पनि सरकारले सम्बन्धन दिन लागेको भन्दै विदेशवाटै विज्ञप्ती जारी गरी विरोध गरेका थिए । आफ्नो कलेजलाई सम्बन्धन दिन लाग्दा विरोध भएपछि रिसाएका प्रसाईले डा केसीका मिडिया संयोजकलाई ध म्की पूर्ण भाषा प्रयोग गरेका छन् । मेडिकल माफियाका रुपमा परिचित व्यवसायी प्रसाईंले सुवेदीलाई धम्क्याएको अडियो मिडिया तथा सामाजिक सञ्जालमा बाहिरिएको छ।

प्रसाईं झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक हुन्। उक्त कलेजलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्बन्धन दिनलागेको भन्दै डा केसीले विरोध गरेका छन् ।

साह्रै निकृष्ट रुपमा प्रस्तुत भएका प्रसाईंले सुवेदीको पारिवारिक सदस्यमाथि समेत मुख छाडेको अडियोमा स्पष्ट सुनिन्छ।

सुवेदीले ‘एउटा विश्वविद्यालयले ५ वटाभन्दा सम्बन्धन दिँदैन भनेर त ऐनमै छ अनि त कसरी हुन्छ ?’ भनेर प्रश्न गरेपछि प्रसाईंले एक्कासि आ क्रो शमा आएर तथानाम भनेको अडियोमा सुन्न सकिन्छ ।

ऐन, मापदण्डको सवाल उठेपछि प्रसाई रिसाएका हुन् । अडियोमा सुनिन्छ, ‘तँ धेरै नबोल भाइ’ भेटेँ भने तेरो तीन इन्ची छा’ला स’र्ने गरी हा’निदि’न्छु, साला डाँका ’ प्रसाईंको मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्बन्धन दिन खोजेको भन्दै डा। केसीको अभियानले विरोध गरेको थियो।

यता सोलिडारिटी फर डा। केसीले सो घटनाको विरोध गरेको छ । सोलिडारिटी फर डा। केसी अलायन्सका संयोजक डा। जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै अभियन्ता सु्वेदीमाथि कुनै भौतिक आक्रमण भए त्यसको जिम्मेवार प्रसाईं हुने स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
4
+1
1
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button