
छिमेकीको प्रहारबाट एकको मृत्यु, तीन जना घाइते
मटहानी नगरपालिका ३ बरदाहाका २५ वर्षीय जावेद राईनको छिमेकीकै बाँसको भाँटा प्रहारले मंगलबार विहान मृत्यु भएको छ। स्थानीय हजरत राईन र अलिमन राईनबीच शौचालयको पानीको विषयमा भएको झगडा झडपमा परिणत भएपछि एक अर्कामाथि बाँसको भाँटाले हानाहान भएपछि दुवै तर्फका ४ जना घाइते भएको थिए।

मध्ये जावेदको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएका छन्।

मृतकको आँगनको छेउमा शौचालय रहेको र सो शौचालयबाट निस्केको पानी मेरो आँगनमा किन आयो भन्दै मंगलबार विहानैदेखि झगडा सुरु भएको थियो। यसअघि पनि पटक पटक सो विषयमा झगडा हुँदै आएको डिएसपी विष्टले बताए।
झडपमा दुवै पक्ष मध्येका छोटन राईन, हसरत अलि र मोतालिक कवाडी समेत घाइते भएको उनले बताए। घाइते सवैकोे उपचार प्रादेशिक अस्पताल जनकपुरमा भई रहेको र मोतालिकको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि बाहिर पठाइएको डिएसपी विष्टले बताए।
यता घटनामा संलग्न हसरफ राईन र अकमानुल राईनलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरि रहेको उनले बताए। डिएसपी विष्टले प्रहरीले घटनालाई गम्भिरता साथ अनुसन्धान गरि रहेकोले दोषी उम्कन नपाउने दाबी गरे।
यता मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल घटनाबारे जानकारी पाए लगत्तै घटना स्थल पुगेर थप जानकारी लिएका छन्।
यो पनि,,,,करेन्ट लागेर एकको मृत्यु, एक घाइते
करेन्ट लागेर महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
गौशाला नगरपालिका ३ नवराजपुर स्थित लबकुश इट्टाभट्टामा काम गर्ने भारत उत्तर प्रदेश जिल्ला लक्ष्मिपुर ग्राम पञ्चायत धिराखरी बस्ने ३५ वर्षीय सिताराम पासीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टले बताएको छ।
इट्टाभट्टामा काम गर्ने क्रममा अचानक उनको शरीरमा करेन्ट प्रवाह भएर पासी घाइते भएको र उनलाई तत्काल उपचारका लागि गोल्डेन अस्पतालमा लगिए पछि उपचारको क्रममा उनको मृत्यु हुन पुगेको डिएसपी विष्टले बताएको छ। घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
यसैबीच जलेश्वर नगरपालिका २ स्थित जलेश्वर फुलहटा भित्रि सडक खण्डमा ट्रकको सहचालकलाई बर्दिवास नगपालिका १२ बस्ने १८ वर्षीय रुपक रायलाई करेन्ट लागेदा उनी घाइते भएको छ।
जलेश्वरबाट फुलहटा तर्फ गइ रहेको ना६ख ७७११ नम्बरको ट्रकको माथि सवार सहचालक राय बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
उनको उपचार जलेश्वर अस्पतालमा भई रहेको प्रहरीले जनाएको छ।



