
विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि यसरी भयो ह’मला, दुई डाक्टर घाइते (भिडियो हेर्नुस्)
विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि ह म ला भएको भिडियो सार्वजनिक भएको छ । अ’ज्ञात समूहले दुर्घटनामा घाइते भएकाहरुको बारेमा ह’मला गरेका प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि ह’मला भएको हो । रातीमा पुगेका एक समुह डाक्टर माथि अचानक जा’इलागेपछि अस्पतालमा को’ला’हल म’च्चिएको थियो । चिकित्सक, भिजिटर, विरामी र कुरुवाहरुको क’राएको आवाज सुन्न सकिन्छ ।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला घटना भएको अस्पतालका कर्मचारी सुनील देवले बताएका छन् । ह’मलावाट डा रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चो’ट लागेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा(२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूह रातीमा अस्पताल पुगेर घटना गराएको बताएका छन् ।
उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समुहले यस्तो गरेको बताइएको छ ।
यो पनि,,,इजरायली र प्यालेस्टिनीबीचको यु’द्ध कहिले रोकिएला ?
गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास ल’डाकू समूहले ठूलो संख्यामा क्षे’प्यास्त्र प्र’हार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो यु’द्ध शुरु भएको हो ।
एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई आफ्नो घर छाड्न इजरायली अधिकारीहरुले चेतावनी दिएपछि वि’वाद उत्पन्न भएको थियो । उक्त जमिन एक यहूदीको भएको इजरायलको भनाई छ ।
जेरुसेलम इजरायली र प्यालेस्टिनी दुबै समुदायका लागि पवित्र स्थल पनि हो ।
इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि “भूमि क’ब्जा गर्न खोजेको” भन्दै हमासले क्षे’प्यास्त्र प्र’हार गरेको थियो । इद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिं’सामा रुपान्तरण भएको थियो ।
यो घटना आगोको फिलिङ्गो सावित भयो । आफूमाथि क्षे’प्यास्त्र हा’नेपछि निकै बलशाली इजरायल चुप लाग्ने कुरै थिएन । उसले हमास विरुद्ध आ’क्राम’क कारबाही गर्ने चेतावनी दियो ।
इजरायली सेनाले क्षे’प्या’स्त्र प्र’हार गर्ने स्थान र क्षेप्यास्त्र उत्पादन गर्ने ठाउँ, वि’द्रोही कमान्डरहरु, उनीहरुका घर र ठुल्ठूला अग्ला भवनलाई निशाना बनाइएको जनाएको छ जसबाट एसोसिएटेड प्रेस, अल–जजिरा टिभी जस्ता सञ्चार गृह रहेको टावर भवन पनि ब’म ह’मला’बाट ढालिएको छ ।
इजरायलतर्फ लुकिछिपी प्रवेश गर्न हमासले बनाएका भूमिगत सुरुङहरु ध्व’स्त पार्नु पनि इजरायलको उद्देश्य रहेको सेनाको भनाई छ ।
हिं’सा’त्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात वि’द्रोह हुने सम्भावना बढाएको छ । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि गत शनिबार परेको थियो ।
इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आइतबार बसेको बैठक पनि कुनै निर्णयमा नपुगी टुङ्गिएको छ । इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ ।
तर अमेरिकाले इजरायली आ’क्रम’णप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आ’त्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । उता, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।
शनिबार भएको यस्तै हमलामा मोहम्मद अबु हताबले ठूलो पारिवारिक क्ष’ति व्यहोर्नु परेको थियो । उहाँले भन्नुभयो, “इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।” यो त प्रतिनिधि घटना मात्र हो ।
गाजामा यस्ता पीडादायी घटना दिनहुँ भइरहेका छन् । यसपटकको आ’क्रम’ण सन् २०१४ को भन्दा वि’नाश’कारी रहेको दुबै यु’द्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताउनु भएको छ । यस पटकको आ’क्रम’णबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषदलाई जानकारी गराउनु भएको छ ।
सन् २०१४ मा पनि हमास र इजरायलबीचको द्व’न्द्वमा इजरायलले गाजामा भि’षण का’रबाही गरेको थियो । सात हप्ता चलेको त्यस यु’द्धमा झण्डै दुई हजार २०० प्यालेस्टिनीको मृत्यु भएको थियो जसमा झण्डै एक तिहाई बालबालिका र महिला थिए ।
दुबै पक्षबीच यु’द्धबिराम गराउन करिब तीन महिना लागेको थियो । त्यतिबेला पनि प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहूले हालको यु’द्ध रोकिन पनि केही समय लाग्ने चेतावनी दिनु भएको छ ।
त्यसैले तत्कालै यु’द्धबिराम हुने सम्भावना निकै झिनो छ । करिब पाँच माइल चौडा र २५ माइल लम्बाईमा फैलिएको गाजापट्टीमा करिब २० लाख प्यालेस्टिनीको बसोबास छ ।
दुई वर्षका अवधिमा चार पटक संसदको चुनाव भएपनि बहुमत ल्याउन असफल भएका प्रधानमन्त्री नेतन्याहूले सम्भवतः चाँडै हुने अर्को चुनावमा आफूलाई पुनः उदय गराउने योजनामा पनि रहेको आशंका गर्न सकिन्छ । प्रधानमन्त्रीको पूर्ण आदेश पाएको इजरायली सेनाले आइतबार ५४ वटा लडाकू बिमान प्रयोग गरी गाजाका ३५ ठाउँमा ब’म ह’म’ला गरेका थिए ।
सेनाको भनाईमा यी ह’मलाहरु खासगरी हमास र इस्लामिक ल’डाकू विरुद्ध केन्द्रित छन् तर यी आ’क्र’म’णमा मा’रि’नेहरु ज्यादातर महिला, बालबालिका र अरु सर्वसाधारण छन् । केही ल’डाकूहरु पनि मा’रि’एका खबर सार्वजनिक भइरहेका छन् ।
इजरायली आ’क्र’म’णको प्रतिरोध गरिरहेका ह’मास ल’डा’कूहरुले दक्षिणी इजरायली भूमिमा लगातार क्षे’प्यास्त्र प्र’हार गरेर परिस्थितिलाई अझ उ’त्तेजि’त बनाएका छन् ।
यसबाट मङ्गलबारसम्म २०० भन्दा बढी व्यक्तिको ज्या’न गएको छ जसमा इजरायलतर्फ १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले तीन हजार भन्दा बढी क्षे’प्या’स्त्र प्र’हा’र गरेका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीट गर्दै संयुक्तराज्य अमेरिकाले शान्त, व्यापक कुटनीतिक प्रयास जारी राखेको तथा आफूहरुले परिस्थितिलाई तत्काल समाधान गर्न निरन्तर प्रयास गरिरहेको बताउनु भएको छ । उहाँले द्व’न्द्वका बारेमा आफूहरुले इजरायल र इजिप्टका समकक्षीसँग वार्ताहरु गरिरहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले तीन दिनको अवधिमा दोस्रो पटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरी गाजाको हमास सरकारसँग तत्कालै यु’द्धबिराम गर्न आग्रह गर्नु भएको छ ।
तर राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै इजरायलले विगत आठ दिनदेखिको आक्रमणलाई निरन्तरता दिइरहेको छ ।
सोमबार अबेर पनि प्रधानमन्त्री नेतन्याहूले सुरक्षा अधिकारीसँगको बैठकमा गाजाबाट भइरहेका आ’तंक’वा’दी ह’मला’को प्रतिरोधलाई निरन्तरता दिन सुझाव दिनु भएको छ ताकि सबै इजरायली नागरिकले सुरक्षित महसुस गर्न पाउन् ।
इजरायल र प्यालेस्टिनीको वि’वाद आआफ्नो अस्तित्वसँग जोडिएको विषय हो । हमास समूहले इजरायलको स्वतन्त्र अस्तित्व र पहिचान मे’टाएर प्यालेस्टाइन देश निर्माण गर्न चाहन्छ ।
अहिलेको परिस्थितिमा त्यो सम्भव छैन, तर इजरायलले पनि प्यालेस्टिनी जनतालाई सम्मानजनक व्यवहार दर्शाउन जरुरी छ । प्यालेस्टिनी जनताको स्वतन्त्र अस्तित्वलाई इजरायलले मान्यता दिनसके वर्षौंदेखिको यो द्व’न्द्व सम्भवत समाधानतर्फ उन्मूख हुनेछ । अहिले, जेरुसेलममाथिको अधिकार, पश्चिमी किनारामा इजरायली बस्ती बिस्तार, प्यालेस्टिनी शरणार्थीको फिर्ती तथा ल’डाकू समूहको उदयले द्व’न्द्वको तत्कालै शान्तिपूर्ण समाधानमा व्यवधान उत्पन्न गराउने निश्चित छ ।
बरु, इजरायल र हमासले एकअर्का विरुद्ध गरिरहेका जथाभावी ह’म’लाबाट आम सर्वसाधारणलाई जोगाउन विशेष सतर्कता अपनाउनु जरुरी छ । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)



