
गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते मध्य एक को मृत्यु
गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी चट्याङ मगर सहित उनका परिवारका ७ जना घाईते भएका हुन् ।

बिहान सुतिरहेको समयमा घरमा चट्याङ पर्दा उजिर मगर सगैं उनकी श्रीमती ६२ वर्षीय सतिकला गाहा, छोरा ३७ वर्षीय तुल बहादुर गाहा, बुहारी ३२ वर्षीय जुनी गाहा, नातिनी बुहारी १८ वर्षीय करिष्मा गाहा, नातिनी १४ वर्षीय मेलिना गाहा र नाति १८ वर्षीय जेनित गाहा घाईते भएका हुन् ।

त्यस्तै छिमेकी चित्र बहादुर गाहा र उनकी श्रीमती ज्योतिकला गाहा पनि घाईते भएका छन् ।
घाईते मध्ये करिष्माको अवस्था अत्यन्तै गम्भी रहेको बताईएको छ । उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
त्यस्तै जुनी गाहा, मेलिस गाहा र जेनित गाहालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको छ । त्यस्तै अन्य घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ ।
त्यस्तै बडिगाड गाँउपालिकाका एक कोरोना संक्रमितको ज्यान गएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचारत बडिगाड गाँउपालिका वडा नं. ४ का ८७ बर्षिय वृद्द पुरुषको आज साँझ ज्या’न गएको हो ।
बैशाख १८ गते धौलागिरी अस्पतालमा भर्ना भएका उनको बैशाख १९ गते कोभिड पोजेटिभ रिपोर्ट आएको थियो ।
अस्पतालको भेन्टिलेटरमा उपचारत उनको आज साँझ ५ बजेर ४५ मिनेटमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड-१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
यसैविच बागलुङमा कोभिडका कारण बागलुङ नगरपालिका-४ का कोरोना संक्रमित ७८ बर्षिय एक पुरुषको समेत ज्यान गएको छ ।
वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पतालपुगेका उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताए ।
यो संगै बागलुङमा कोभिडका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
यो पनि,,,,एम्बुलेन्स चालकले कोराना सङ्क्रमित बिरामीलाई बोक्न नमानेपछि गाउँघरमा बिरामीलाई पर्यो यस्तो समस्या
पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ ।
जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् । चालकले सङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ ।
कोराना सङ्क्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ ।
कोरोना सङ्क्रमित बिरामीका आफन्तहरुले फोन गर्दा चालकले आफूहरुसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीयवासी हर्कबहादुर धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमित बिरामी लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा कुन बिराम भएको हो भन्छन्, कोरोना भनेपछि बोक्नै मान्दैनन् ।”
एम्बुलेन्स चालकहरुले नै कोरोना सङ्क्रमित बोक्न नमान्ने गर्न थालेपछि यहाँका गाउँघरमा बिरामी भएकाहरुलाई जिल्ला सदरमुकामका अस्पताल तथा जिल्लाबाहिर लैजान निकै समस्या हुन थालेको स्थानीयवासीको गुनासो छ ।
कोभिड नियन्त्रणसम्बन्धी न्यूनतम सुरक्षा तथा सावधानी नभएको अवस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेकाले बोक्न केही असहज भएको एम्बुलेन्स चालकहरुको भनाइ छ ।
कोरोना सङ्क्रमित बिरामीलाई बोक्नलाई कुनै पनि सामग्री नभएका कारण समस्या हुँदै आएको र बिना सुरक्षा बिरामी बोक्न नसकिने केआइसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरक्षा सामग्री छैन, हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र सावधानीबिना काम गर्न कसरी सकिन्छ ?”
अधिकांश एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् । उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दैन भन्न नमिल्ने र त्यसो गरेको प्रमाणित भए कारवाही हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दिन भन्न कुनै हालतमा पनि पाउँदैनन, आफ्नो सुरक्षा सावधानी अपनाएर समस्या परेका बखत बिरामी बोक्नै पर्छ ।”
जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गए पनि उनीहरुलाई अस्पतालसम्म पु¥याउन पर्याप्त एम्बुलेन्स नहुँदा झनै समस्या उत्पन्न भएको बताइएको छ । जिल्ला सदरमुकाम सिलगढीमा केही दिन यतादेखि एम्बुलेन्सको अभाव देखिएको छ । सदरमुकाममा जम्मा दुई वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
जिल्ला अस्पताल डोटीका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्बुलेन्स प्रयोगमा नरहेका कारण एम्बुलेन्स अभाव देखिएको स्थानीयवासी तथा सञ्चारकर्मी कर्ण चन्दले जानकारी दिनुभयो ।
एम्बुलेन्स बिग्रिएपछि मर्मत नभएका कारण जिल्ला सदरमुकाममै एम्बुलेन्सको अभाव देखिएको हो । दिपायलमा रहेको शैलेश्वरी अस्पताल र चोपडा अस्पतालका दुई वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्ला अस्पताल डोटीको एक एम्बुलेन्स बिग्रिएको र अर्को सेती प्रादेशिक अस्पताल कैलालीमा रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो ।
दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स पनि बिग्रिएको र मर्मतका लागी कैलालीमा लगिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग भएको एउटा एम्बुलेन्स बिग्रेका कारण मर्मतका लागि पठाएका छौँ, एम्बुलेन्स मर्मत भएर आएको छैन, आएपछि सञ्चालन हुन्छ ।”
यसैगरी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको ५० शय्याको सुजङ अस्पताल पनि एम्बुलेन्सविहीन छ ।
जिल्लाभरिमा कुल १५ वटा एम्बुलेन्स रहेको अवस्थामा जिल्ला सदरमुकाम सिलगढीमा रहेका तीन वटा एम्बुलेन्स एक साथ बिग्रँदा एम्बुलेन्सको अभाव भएको हो । डोटी जिल्लामा नौ वटै स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तहभित्र भएका बिरामी बोक्ने गरेका छन् ।
अहिले १२ वटा एम्बुलेन्स मात्र सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक तेजवीक्रम शाहीले जानकारी दिनुभयो । सङ्क्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर उपचारका लागि लैजान एम्बुलेन्स नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।



