
तीन बालकको मृत्यु भएको घटनास्थल यस्तो छ, पहिलो पटक शव देख्नेब्यक्ति मिडियामा (भिडियो सहित)
दाङमा भारतीय कारमा भएको घटनामा परेका तीन बालक एउटै गाउँका हन् । वैशाख १६ गतेवाट हराएका उनीहरु शनिवार साँझ मृ त अवस्थामा कारभित्र फेला परेका थिए ।

एउटै वार्डका तीन बालकको मृत्युले गाउँ शोकमा डुवेको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीहरुको मृत्यु निसासिएर भएको हुनसक्ने जनाएको छ । उनीहरु कारमा पसेपछि हावा कतैवाट नगएका कारण निसासिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

बालकहरुको गोजीमा तास पनि फेला परेका कारण उनीहरु तास खेल्न कारमा गएको हुनसक्ने र कारको ढोका लक भएपछि बाहिर आउन नसक्दा निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको द्ध ।
अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको हुनसक्ने बताएका हुन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन बालकका शव फेला परेको थियो ।
वैशाख १६ गते हराइरहेका तीन बालकका बारेमा खोजी गर्न भन्दै उनीहरुका आफन्तले प्रहरीलाई जानकारी समेत गराएका थिए । एक जना बसका चालकले आफ्नो बस पार्किगं गर्न भन्दै त्यहाँ जाँदा कारभित्र बालकहरुलाई मृत देखेका थिए ।
प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् ।
सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् । घटनाका सम्बन्धमा त्यहाँका स्थानिय बासीन्दा र प्रत्यक्षदर्शीले यस्तो भनेका छन् ।
यो पनि,,,लुम्बिनीमा शंकर पोखरेल समस्यामा परेपछि प्रदेश सभा नै भंग हुने चर्चा, प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई
एकल बहुमतीय सरकार बनाउने भन्दै राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री समस्यामा परेका छन् । त्यहाँ एक माननीय माओवादी केन्द्रमा लागेपछि नेकपा एमालेले बहुमत गुमाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे छलफल गर्न आकस्मिक रुपमा बोलाइएको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष तथा ओली लुम्बिनी घटनाक्रमको ब्रिफिङ लिएर शीतलनिवास पुगेका छन् ।
लुम्बिनीमा एमालेले बहुमत गुमाएसंगै प्रदेशसभा विघटनको सम्भावना बढेको चर्चा छ । अझै प्रधानमन्त्री र राष्ट्रपतिको भेटवार्ता पछि यस्तो हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले नियमित भेटघाट भनेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाटपछि केही न केही राजनैतिक कदम चालिने गरेको छ । त्यसैले यो भेटलाई पनि चासोका साथ हेरिएको छ ।
यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको थियो । उनको राजिनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका हुन् । अर्को सरकार नबन्दासम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार सम्हाल्ने छ ।
संविधान बमोजिम यस्तो आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतवार राजीनामा दिएका थिए । विहानै वसेको संसदीय दलको बैठकमा उनले राजीनामा दिएका हुन् । अब संसदवाट विश्वासको मत लिनका लागि उनले राजिनामा दिएको उनले बताएका थिए ।
दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन मुख्यमन्त्री नियुक्त हुनका लागि पोखरेलले यस्तो निर्णय गरेको बताइएको छ । राजिनामा दिने क्रममा एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।
जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका छन् ।
लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ सभामुखसहित, जसपाका २ र राजमोका १ सांसद छन् । तर अहिले हिसाब बिग्रिएको छ । एमालेले आशा गरेकी सांसद माओवादी तर्फ लागेकी छन् ।
विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार देखि सुरु हुने भएको थियो । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने थियो । त्यो भन्दा अघि नै मुख्यमन्त्री पोखरेलले राजिनामा दिएका छन् ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने जानकारी गराएका थिए ।



