एमाले सांसद रावल बस्ने घरमा ढुंगा हान्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्दै आएको घरमा ढुंगा हान्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–१ घर भएका मनोज तामाङ र पाँचथर घर भएका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।

मोटरसाइकल पार्किङ  गर्ने विषयमा विवाद हुँदा बुधवार राती दुई युवाले ढुंगा हानेका थिए ।

उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।  
विहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए । गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो । बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button