हेलम्बुमा हराएका शिक्षक भिरमा यस्तो अवस्थामा फेला परे, हेलिकोप्टरबाट उद्धार गरिंदै

काठमाडौं :

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको वडा नं १ बाट बेपत्ता भएका शिक्षक जिवित फेला परेका छन्।दोलखा स्थायी घर भएका शिक्षक केशव सिवाकोटी खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए।

उनलाई जिवित भेटिएपछि अहिले हेलिकोप्टरबाट उद्धार गर्न लागिएको हो।

सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा जिवितै फेला परेको स्थानीयले बताएका छन्। सिवाकोटी शनिबार नुहाउने क्रममा बेपत्ता भएका थिए। सिवाकोटी हिजो नुहाउने क्रममा चिप्लिएर १ सय पचास मिटर तल खोँचमा अड्किएका थिए ।

आज बिहानै खोजतलासको क्रममा उनी जिवितै रहेको एकिन भएपछि सेनाको हेलिकोप्टर मगाएर उद्धार गर्ने प्रयास भइरहेको छ ।

स्थानीयले हिजो साँझदेखि खोजतलास गरिरहेको भए पनि आज विहान मात्र उनलाई नाकुटेको खोँचमा हात हल्लाइरहेको अवस्थामा देखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button