
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय र तेजाबी सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो ।
चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1