मोदीले समय नदिएपछि प्रचण्ड भेट नगरी काठमाडौं फर्कँदै

काठमाडौं, १ साउन । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आज भ्रमण सकेर स्वदेश फर्कँदैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भारत गएका दाहालले आज भाजपाको मुख्यालयको भ्रमणसमेत गरेका थिए ।

सो क्रममा उनले भाजपाका अध्यक्ष नड्डासँग भेटवार्ता गरेका थिए । त्यसअघि उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । दाहाललाई विमानस्थलमा भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले स्वागत गरेका थिए ।

भारत भ्रमणको क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने चर्चा थियो । तर, अन्तिम समयमा आएर मोदीसँगको दाहालको भेटवार्ता स्थगित् भएको बुझिएको छ । दाहाल मोदीसँग नभेटी नै आज स्वदेश फर्कन लागेको उनीनिकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button