
उपेन्द्र यादव सहभागी जसपाको समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते
जनकपुरधाम :

उपेन्द्र यादव सहभागी जसपाको समीक्षा बैठकमा कुटाकुट भएको छ ।

स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको हो ।
कुटाकुटबाट जसपाका तीन कार्यकर्ता घाइते भएका छन् ।
जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बैठक बसेको थियो ।
जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएका थिए ।
मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेको थियो । जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का बर्साएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1



