
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको आन्दोलन
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विभिन्न विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ।

बुधबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा विद्यार्थीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

उनीहरू पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, सबै मूल्यवृद्धिको जड पेट्रोलियम पदार्थमा कर, छिटो फिर्ता गर, अब त अति भो महंगी कति हो, जनताको ढाड सेक्ने कर फिर्ता गरलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
यसअघि सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा छलफलका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।
गत जेठ ८ गते सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



