
झापाको बाह्रदशी गाउँपालिका–५ मा राप्रपाको प्यानलनै निर्वाचित
झापा । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ । राप्रपाबाट उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् । ५ नम्बरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको वडा हो । सो वडामा २०३८ सालदेखि एमालेले किल्ला जमाएर बसेका थिए ।

राजवंशी १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्रीइच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुका कुमारी विक ११६५ मत ल्याएर विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



