
ह्वात्तै घट्यो सुनको मल्य, कतिमा हुँदैछ कारोबार?
मंगलबार सुन-चाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार तीन सय र चाँदी १० रुपैयाँले घटेको हो।
सोमबार सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



