महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जवराले दिए यस्तो चुनौती

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने अडान राखेका छन् ।

यसअघि पनि राजीनामा दिन लामो समयदेखि उनीमाथि दबाब दिइँदै आएको छ । पत्रकार ऋषि धमलासंगको कुराकानीमा जबराले बरु महाभियोगको सामना गर्ने तर राजीनामा नदिने स्पष्ट पारेको बताएका छन् ।

आइतबार सत्ता गठवन्धनका ९८ सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । सत्ता गठवन्धनमा पनि महाभियाग लगाउने कुरामा सबैको समर्थन देखिन्न । महाभियोग प्रस्ताव दर्ता भएपछि उनले भनेका छन्, ‘म राजीनामा दिन्नँ । महाभियोग प्रस्ताव फेश गर्छु ।’

सर्वोच्च परिसरमा वकिलहरुको एउटा समूहले आन्दोलन गर्दै राजीनामा दिन दबाब दिए पनि उनले महाभियाग सामना गर्ने तर राजीनामा नदिने अडान राख्दै आएका थिए । त्यसपछि उनलाई सर्वोच्चमा एक्ल्याउने प्रयास हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button