गुहेश्वरी नजिकै वाग्मती नदीमा पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक बिहान गाडी चलाउन सिक्न गुहेश्वरी करिडोरमा जान्थे ।

शनिवार लामो समय नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button