
कोरियन भाषा परीक्षा पुस १ देखि, यसरी दिन सकिन्छ अनलाइन आवेदन (सूचना सहित)
काठमाडौ । कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुस १ गते देखि हुने भएको छ । त्यसका लागि अनलाईन आवेदन दिन सकिने बताइएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फाराम सार्वजनिक गरेको छ । इपीएस कोरिया शाखाका अनुसार कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन गरिने भएको हो।

परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ। कोरियाले नेपाली श्रमिक उत्पादन, कृषि तथा पशुपालन क्षेत्रका कामका लागि लाने गरेको छ। भाषा परीक्षामा सहभागी हुन आगामी मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदन अनलाइनबाट दर्ता गर्नुपर्नेछ। अनलाईनमा उपलब्ध फाराम भरेर आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ । आवेदन फारम भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्न ईपीएस शाखाले आग्रह गरेको छ।
परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ। राष्ट्र बैंकले तोकेको विनिमयदरका आधारमा उक्त रकम बराबरको नेपाली रुपैयाँ ग्लोबल आईएमई बैंकको खातामा जम्मा गर्न भनिएको छ



