काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज सुख्खडबाट किन फर्कियो ?

काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्रतिकुल मौसमका कारण कैलालीको सुख्खडबाट फर्केर नेपालगञ्जमा अवतरण गरेको छ । घोडाघोडी नगरपालिकाको आकाशमा झण्डै आधा घण्टा होल्ड गरेको बुद्ध एयरको जहाज मौसममा सुधार नभएपछि फर्कैर नेपालगञ्ज अवतरण भएको थियो ।

साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज करीव ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी बिमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए ।

मौसममा सुधार हुने आशा गरेर झण्डै आधा घण्टाभन्दा बढि सुख्खड–टीकापुर क्षेत्रमा जहाजलाई होल्ड गरेका पाईलटहरुले मौसममा सुधार नआएपछि नेपालगञ्ज लगेर अवतरण गरेका थिए ।

धनगढीका यात्रुहरु बोकेको उक्त जहाज नेपालगञ्जमा ईन्धन भरेर धनगढीका लागि उड्ने तयारीमा रहेको माझीले बताए । काठमाण्डौं जानका लागि यात्रुहरु धनगढी बिमानस्थलमा जहाज कुरेर बसेका थिए । काठमाडौँबाट जहाजमा आईरहेका आफन्तहरुलाई लिन बिमानस्थल पुगेका यात्रुका आफन्तहरु पनि बिमानस्थल बाहिर बिमानको पखाईमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button