ढलिसकेकी बुढी रुख \

रमेश त्रिपाठी निराला

जन्मी हुर्की प्रारब्ध स्रीस्ठी दुनिया कोइराला थरको घर ।

तिथि मिति साल नेपाल लोकको दुई मालेपाटन पोखरा।

तिनटा भाइ मुनि एक बहिनी जेठी ज्योतिषकि छोरी ।

बाल्यकाल बिचको भो बिहे रितको भन्थेउ म रोईथ्ये रातभरी ।

,,,,,,,,,,,,,,,१,,,,,,,

तर्दै साघु सेतिको उकालो त्यतिको हिन्दै गोरेटो चोरबाटा ।

नर्सरी उखेले पुर्याए बिरुवा सार्ने हो भन्दै लाम्पाटा ।

छुट्यो थातथलो छुटे ती सखिया छुट्यो त्यो जन्म घर पनि ।

ठावै मात्र नभई फेरियो सब चिज आचार्य भयो थर पनि ।

। ,,,,,,,२,,,,,,,

गङ्गा, बिस्नु ,सीता र लक्ष्मी जन्मे छोरी जुन सरि ।

छोरी छोरी भएर छोरो नहुदा थप्पियो पीडा मन भरी ।

बल्ल बल्ल बाबुराम छोरो भए त्यस्पछी छोरी पार्बती ।

एक्लै रेख देख गरिन यी सबको इन्डिया थिए पति ।

। ,,,,,,,,,,,,,,,३,,,,,,

, एउटा शिशु बोकेर डोके कोखोमा अर्को डोर्याउदै तल ।

जानै पर्थ्यो नित्य कालिया खोरिया सुन्दै भोटिको कलकल ।

कासिबैरा,सिमफाट ,खोरिया पात्लेको धारो नीर ।

मेरो यो मनमा सरि ती बनमा तिम्रै पद्चाप र तस्बिर ।

। ,,,,,,,,,,,,,,४,,,,,,,

जिउदोमा नबुझी मरेसी बुझिनी आमाको माया कति ।

थियो क्यै छुटेको त्यो मुटु टुटेको बितेसी कान्छी पार्बती ।

साउ भन्थ्यौ बितेकी छोरी समझी गइन बितिन सानिमा ।

इह लिला समाप्त हुन गो तिम्रो नि चितेपानीमा ।

,,,,,,,,,,,,,५,,,,,,,,

Open photo

सधै उज्यालो सेतो रहन्न आउँछ अँध्यारो कालो त ।

तरुण घमण्ड नगर्नु कसैले आउँछ बुढ्यौली पालो त ।

लाग्न सक्छ बेलैमा नसोचे हाम्लाई बुढाबुढिको अस्रुहार ।

जीउँदै नै रहदा देखिदिउ नगरौ मरेपछिको लोकाचार ।।

,,,,,,,,,,,,,,,,,६,,,,,,,,,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button