
ढलिसकेकी बुढी रुख \
जन्मी हुर्की प्रारब्ध स्रीस्ठी दुनिया कोइराला थरको घर ।

तिथि मिति साल नेपाल लोकको दुई मालेपाटन पोखरा।

तिनटा भाइ मुनि एक बहिनी जेठी ज्योतिषकि छोरी ।
बाल्यकाल बिचको भो बिहे रितको भन्थेउ म रोईथ्ये रातभरी ।
,,,,,,,,,,,,,,,१,,,,,,,
तर्दै साघु सेतिको उकालो त्यतिको हिन्दै गोरेटो चोरबाटा ।
नर्सरी उखेले पुर्याए बिरुवा सार्ने हो भन्दै लाम्पाटा ।
छुट्यो थातथलो छुटे ती सखिया छुट्यो त्यो जन्म घर पनि ।
ठावै मात्र नभई फेरियो सब चिज आचार्य भयो थर पनि ।
। ,,,,,,,२,,,,,,,
गङ्गा, बिस्नु ,सीता र लक्ष्मी जन्मे छोरी जुन सरि ।
छोरी छोरी भएर छोरो नहुदा थप्पियो पीडा मन भरी ।
बल्ल बल्ल बाबुराम छोरो भए त्यस्पछी छोरी पार्बती ।
एक्लै रेख देख गरिन यी सबको इन्डिया थिए पति ।
। ,,,,,,,,,,,,,,,३,,,,,,
, एउटा शिशु बोकेर डोके कोखोमा अर्को डोर्याउदै तल ।
जानै पर्थ्यो नित्य कालिया खोरिया सुन्दै भोटिको कलकल ।
कासिबैरा,सिमफाट ,खोरिया पात्लेको धारो नीर ।
मेरो यो मनमा सरि ती बनमा तिम्रै पद्चाप र तस्बिर ।
। ,,,,,,,,,,,,,,४,,,,,,,
जिउदोमा नबुझी मरेसी बुझिनी आमाको माया कति ।
थियो क्यै छुटेको त्यो मुटु टुटेको बितेसी कान्छी पार्बती ।
साउ भन्थ्यौ बितेकी छोरी समझी गइन बितिन सानिमा ।
इह लिला समाप्त हुन गो तिम्रो नि चितेपानीमा ।
,,,,,,,,,,,,,५,,,,,,,,

सधै उज्यालो सेतो रहन्न आउँछ अँध्यारो कालो त ।
तरुण घमण्ड नगर्नु कसैले आउँछ बुढ्यौली पालो त ।
लाग्न सक्छ बेलैमा नसोचे हाम्लाई बुढाबुढिको अस्रुहार ।
जीउँदै नै रहदा देखिदिउ नगरौ मरेपछिको लोकाचार ।।
,,,,,,,,,,,,,,,,,६,,,,,,,,,



