
बानेश्वरस्थित बागमती नदीमा शव फेला
काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ ।

बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए ।
शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने
कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो ।
कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले भनेको छ ।
कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ ।
मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ ।
यस्तै मनकामना मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार हुने पनि जानकारी गराएको छ ।



