आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका  एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

उपत्यकामा डलर साट्ने बहानामा ठग्ने समूह फेरि सक्रिय, एकजना पक्राउ

काठमाडौं उपत्यकामा पछिल्लो केही महिनायता चुपचाप बसेका डलर साट्ने बहानामा ठग्ने समूह फेरी सक्रिय हुन थालेका छन् ।

 २०७७ असोजमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भएका ‘लुटेरा’ समूहलाई पक्राउ गरेपछि त्यस्तो ठगी कम भएको थियो ।

तर, सिन्धुपाल्चोककै अर्को समुह फेरी सक्रिय भएको थाहा भएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आइतबार सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४१ वर्षीय राजेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

भण्डारीसहितका चार जनाले एक व्यक्तिलाई ‘सस्तो मुल्यमा डलर साटिदिन्छौँ’ भनेर ४० लाख रूपैँया मागेका थिए । 

आइतबार उनि पैसा बोकेर चावहिल पुलमा गए । प्रहरीले उनलाई पछ्याइरहेको थियो । राजेन्द्रलाई प्रहरीले पक्राउ गरेपछि उनको समूहमा रहेका अरु सदस्य भागेका छन् । 

राजेन्द्रको साथबाट पैसाको बिटो जस्तो बनाएको कागज र १ रुपैयाँ दरका ७ थान अमेरिकी डलर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले बताए । 

बाह्रबिसे नगरपालिका–३ घर भएका राजेन्द्रको समूहले भुकम्पको बेलामा अमेरिकन नागरिकले छोडेर गएको हुनाले डलर सस्तोमा साट्न लागेको भन्दै झुक्यानमा पार्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनको समूहका अन्य सदस्यको पनि खोजी भइरहेको एसपी बस्नेतले बताएका छन् । 

डलर साट्ने बहानामा ठग्नेहरूले शुरुमा सक्कली डलरको ‘स्याम्पल’ देखाएपछि विश्वासमा लिएर नेपाली रुपैयाँ लुटेर भाग्ने गरेका छन् ।

राजेन्द्रको समूहले पछिल्लो सयम उपत्यकामा करिब १ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button