अब घरघरबाट प्रदर्शनमा सहभागिता जनाउनु पर्छ : देउवा

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले बिहीबार देशभरका वडाबाट प्रदर्शन गर्ने भएको छ।

सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै वडास्तरीय प्रदर्शनमा जुट्न निर्देशन दिएका छन्।

‘सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले भोलि माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्।

देउवाले प्रदर्शनलाई व्यापक बनाउन पनि आग्रह गरेका छन्।

‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ,’ उनले भने, ‘अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
17
+1
2
+1
2
+1
1

सम्बन्धित समाचार

Back to top button