प्रतिगमनकारीलाई भित्तामा पुर्‍याइदिने प्रचण्डको चेतावनी

७ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिएका छन्।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले भने, ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको तर्क गरे ।

‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा बढी पीडाबोध आफूले गरेको बताए ।

ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेका आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button