नेपालमा ४ महिनामा ५ अर्ब बढीको ल्याप्टप तथा नोटबुक आयात

काठमाण्डौँ : पछिल्लो ४ महिनामा ५ अर्बभन्दा बढीको ल्याप्टप तथा नोटबुक आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म ५ अर्ब ३७ करोड ३८ लाख ६० हजारका ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका हुन् ।

भन्सार विभागको तथ्यांकमा पछिल्लो ४ महिनामा ५ अर्ब बढीका ९५ हजार ७५९ थान ल्यापटप आयात भएको उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष २०७७र७८ को साउनदेखि कात्तिक सम्म २ अर्ब आठ करोड ४१ लाख भन्दा बढीका कुल ३७ हजार ६०८ थान ल्यापटप तथा नोटबुक आयात भएका थिए । पछिल्लो समय नेपालमा ल्यापटपको आयात बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button