
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ? हेर्नुहोस आजको मूल्य
काठमाडाैं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ ।

सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



