सूर्यविनायकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

भक्तपुर । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती  प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button